काठमाडौं, । कर्णाली याक्समाथि जनकपुरले रोमाञ्चक जीत हासिल गरेको छ । दोस्रो क्वालिफायरमा रोमाञ्चक जित हासिल गर्दै जनकपुर बोल्ट्सले जीत हासिल गरेको छ ।नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ ।
त्रिभुवन बिश्वबिधालय, र्कीतिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायर्समा जनकपुरले कर्णालीलाई दुई विकेटले हराएको हो । कर्णालीले प्रस्तुत गरको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा पूरा गरेको हो ।
कर्णालीको जितमा जेम्स निशामले आक्रामक पारि खेले । उनले १७ बलमा ४५ रन बनाए । हर्ष ठाकरले १७ रनको योगदान दिए ।
मायन यादवले १४ रन बनाउँदा आकाश त्रिपाठीले १३ रनको योगदान दिए । शेर मल्ल १६ रनमा नट आउट रहे ।अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । शुभ कंसाकार ३, आसिफ शेख ४, लाहिरु मिलन्था ९, मोहम्मद मोहसिनले १ रनको योगदान दिए । किशोर महतो शून्य रनमा नट आउट रहे ।बलिङमा भने कर्णालीका बिपिन शर्माले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मकसूदले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित ओभरमा अल आउट हुँदै १ सय १८ रन जोड्यो ।कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४ रनको योगदान दिए ।जिशान मकसूद र युनिश सिंहले समान १२–१२ रन जोडे । विलियम बोसिस्टो १४ रन बनाएर आउट भए ।चाडविक वाल्टनले ११ रन थप्दा कप्तान सोमपाल कामीले ५ रन थपे । अर्जुन घर्तीले २ रन बनाए भने जयकिशन कोलसावालाले १ रन थपे । नन्दन यादवले ४ रनमा नट आउट रहे ।
बलिङमा भने जनकपुरका ललित राजवंशी, जेम्स निशाम र मोहम्मद मोहसिनले समान २–२ विकेट लिए । हर्ष ठाकर र शेर मल्लले समान १–१ विकेट लिए ।