महन्थ ठाकुरले थपे ८ जना केन्द्रिय सदस्य

काठमाडौं,  । महन्थ ठाकुर नेतृत्वको  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा ८ जना केन्द्रीय सदस्य थपिएको छ ।अर्का बरिष्ठ नेता राजेन्द्र महत्तो पार्टीवाट बाहिरिए पछि अध्यक्ष ठाकुरले धमाधम नयाँ अनुहारलाइ मनोनित गरिरहेका छन । जसअनुसार हालै थप ८ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेका हुन् ।यसरी मनोनीत हुनेहरूमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेको जनाइएको छ ।

सो सँगै लोसपाको केन्द्रीय कमिटी ३ सय ५५ सदस्यीय पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर