एमाले जग्गादानविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि दान लिएको जग्गा विवादसम्वन्धी रिट खारेज गरेको छ ।
भाटभटेनी सुपर मार्केटका प्रमुख मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानुनसम्मत ठहर्‍याएको हो ।
न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको सयुक्त इजलासले रिट निवेदन खारेज हुने फैसला सुनाएको हो ।
व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।
वि।सं।२०७२ सालको भूकम्पपछि काठमाडौँ महानगरपालिका–१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो ।
हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रिय कार्यालय बनाउने काम सुरु गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर