स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरण : लामिछानेको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शुक्रवारको बयान सकिएको छ । जिल्ला सहकारी वकिलको कार्यालयमा आज उनको करिब साढे ६ घण्टा (बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजेसम्म) लामो बयान लिइएको हो ।
काठमाडौंको कालिमाटिस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्नको आरोपमा अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई रुपन्देही लगेर पनि बयान लिइएको छ ।
गत कार्तिक २ गते पार्टी केन्द्रिय कार्यालय बनस्थलीबाट पूर्व गृहमन्त्री समेत रहेका लामिछाने पक्राउ परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर