स्थानीय तह उपनिर्वाचन : चुनावमा जित्ने दलहरुको आ आफ्नै दावी

काठमाडौं । यही मंसिर १६ गते अर्थात् आगामी आइतबार देशभर स्थानीय तहको उपनिर्वाचन हुँदैछ । देशभरका ४१ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको हो ।यसबीचमा उम्मेदवारहरु चुनाव प्रचारप्रसारमा छन् । चुनाव प्रचारप्रसारको अन्तिम दिन आज मतदातालाई रिझाउनमा उम्मेदवारहरु व्यस्त छन् ।

स्थानीय तह उपनिर्वाचनमा मनोदयन दर्ता गराएकामा मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३ सय ७६ जना चुनावी मैदानमा होमिएका छन् । निर्वाचन हुने तीन स्थानमा तीन जना निर्विरोध निर्वाचित समेत भइसकेका छन् ।
ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमश नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी ९भुल० निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै रुकुम ९पूर्वी भाग० को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।यसैगरी स्थानीय तह उपनिर्वाचनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्‍ये हाम्रो नेपाल पार्टी, नेपाल कम्‍युनिष्ट पार्टी ९माक्सवादी लेनिनवादी०, नेपाली कांग्रेस ९वी।पी।०, नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा दलले कुनै पनि रिक्त पदका लागि उम्‍मेदवारी दर्ता नगराएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने स्थानीय तहमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेका छन् । जसमध्ये महिला मतदाता १ लाख ११ हजार ८ सय ९६ र पुरुष मतदाता १ लाख १४ हजार ९ सय एवं अन्य मतदाता ३ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर