काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ ।
बुधवार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गरेको हो ।प्रसाईँका तर्फबाट उनका छोराले गैरकानुनी रूपमा हिरासतमा लिएको र हिरासतमुक्त हुन पाउनुपर्ने माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।तर, अदालतले उक्त बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको हो ।प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै भ्रामक भिडिओ सामग्री सार्वजनिक गरेका थिए ।उक्त भिडिओ सार्वजनिक गरेपछि उनलाई साइबर अपराधमा सिआइबीले पक्राउ गरेको थियो ।
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2024 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech