प्रधानमन्त्रीको घोषणा– ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याइन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् ।
केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले बताएका हुन् ।सातौ साामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरुलाई पनि सोही समयको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रधानमन्त्री ओलीको भनाई थियो ।उनले वैदेशिक रोजगारीमा गएका सबै युवाहरुलाई सो कोषको दायरामा ल्याउने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।प्रधानमन्त्री ओलीले सरकारले जनताको सुख र समृद्धि बाहेक अरु कुनै अभिष्ट नराखेको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ