काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतबाट अस्पताल फर्काइएको छ । साइवर अपराधको कसुरमा पक्राउ परेपछि प्रसाईंका छोरा निराजन प्रसाईंले गैरकानुनी रुपमा थुनामा राखेको दावी गर्दै शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए।न्यायाधीश मनोज शर्माको इजलासले आइतबार रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको थियो। सोही आदेशअनुसार प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको हो।
प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दावी गर्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए। रिटमा गृह मन्त्रालय,प्रहरी प्रधान कार्यालय, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो र काठमाडौं जिल्ला अदालत ववरमहललाई विपक्षी बनाइएको छ।
अदालत लगिएका प्रसाईँलाई वीर अस्पताल फर्काइयो
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2024 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech