जनकपुरधाम
नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले बीआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताएका छन । उनलेले ऋण लिन अहिले ठिक नभएर अनुदान नै उपयुक्त भएको जानकारी दिए ।
धनुषामा आयोजना गरिएको एक कार्यक्रममा सहभागि हनु जनकपुर आएका देउवा विमान स्थलमा संचारकर्मीहरुसंग कुरागर्दै चिन नेपालको असल राष्ट भएको कारणले प्रधानमन्त्री केही शर्मा ओलीको असन्न चिन भ्रमणबाट सम्बन्धलाई थप बलियो बनाउन मदत पुग्ने बताए । बीआरआई परियोजनामा हामी प्रस्ट छौं । ऋण होइन अनुदान लिनुपर्छ देउवाले भने,‘बीआरआई परियोजनामा छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुगिन्छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए ।
त्यस्तै सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताए । ‘संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहिरहन्छ,’ देउवाले भने,‘मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन । अरु दलहरुले पनि निर्णय गर्नुपर्ने हुन्छ ।
प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न जनकपुर आइपुगेका देउवा केहीबेरमा लोहनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । देउवासँगै कांग्रेसका नेता बिमलेन्द्र निधि पनि जनकपुर आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेस र एमालेबीच समझदारी बन्न सकेको छैन । प्रधानमन्त्री ओलीले आगामी मंसिर १७ गतेदेखि चीन भ्रमण गर्दैछन् ।