जनकपुरधाम
जनकपुरधाममा बालबालिकालाई लक्षित गर्दै मोनास्टिक स्कुलले दुई दिने नेशनल स्टुडेन्ट इनोवेशन समिट २०२४ (सीजन २) कार्यक्रम सम्पन्न भएको छ ।
एनवाइइएफ जनकपुर च्याप्टर र मोनाष्टिक स्कुलको संयूक्त आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा विद्यर्थीहरुलाई पढाईसंगै हाटबजारबाट कसरी आम्दानी लिन सकिन्छ भन्ने े उदेश्यले कार्यक्रमको आयोजना गरिएको छ ।
विद्यालयस्तरी उद्यमता संस्कृति स्थापित गर्ने उद्देश्यले समिट आयोजना गरिएको आयोजले जनाएको छ । विद्यालयका विद्यार्थीहरूलाई हाटबाजारबाट आम्दानी लिन कसरी सकिन्छ भन्ने क्षमतामा सशक्त बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको मोनाष्टिक स्कुलका निर्देशक डा. सोनु साहले जानकारी दिए । सो कार्यक्रममा ३५ विद्यालयबाट ३५० भन्दा बढी विद्यार्थीहरू (कक्षा ६ देखि कक्षा १२ सम्मका) सहभागी छन ।स्कुले पोशाकमा सजिएका छात्रछात्रा आ–आफ्नो अगाडि भुटेको मकै, सिमी, अमलाको अचार, जरेला, ग्राउन्डएप्पल, मुला, भटमास, तितेकरेला, कागती, मास, चामल, फर्सी, सुठुनी, सुन्तला, तेजपत्ता, दूध, घिउलगायत कृषि उत्पादन राखेर ग्राहकको प्रतिक्षामा बसिरहेका देखिन्थे । नेपाल उद्यमी मञ्चका अध्यक्ष कुशल सुदर श्रेष्ठले ‘शिक्षालाई जीवनोपयोगी सीपसँग जोड्नको लागि यस कखासको कार्यक्रम गरेर बालबालिकाहरुलाई सिकाउने कार्य गरिहेको बताए । उनले भने पढेर गरिखाने बनाउनु पर्छ । पैसा बोकेर किन्न जाने तर बेच्न लजाउने प्रवृत्ति हटाउनु पर्छ भनेर सिकाउने प्रयास गरिएको हो ।
कारखानाका सिईओ पवित्र बहादुर गौतमले शिक्षा विद्यार्थीलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने खालको हुनुपर्छ भन्ने महसुस गरेर यस्तो शैक्षिक अभ्यास गरिएको बताए । उनले यस खासको कार्यक्रमबाट विद्यार्थीहरुको आत्मबलको समेत विकास हुने बताए । कार्यक्रममा दमक सम्मका विद्यार्थीहरुको सहभागिता रहेको कारणले यसले उनिहरु बिचमा अनुभवको समेत आदाप्रदान भएर एक खालको आत्मविश्वासको वृद्धि हुने बताए ।
यसअघि समिटको पहिलो संस्करण २०२३ मा सफलताका साथ सम्पन्न भएको थियो । यस कार्यक्रममा मधेश प्रदेशमा विद्यालयस्तरीय विद्यार्थी, शिक्षक र विभिन्न क्षेत्रका उद्यमीहरूको सहभागिता रहेको थियो । यसको परिणामस्वरूप यस कार्यक्रमले विद्यालय स्तरमा उद्यमिताको सोचलाई थप प्रोत्साहन पुर्याएकोले यसपालि यसको दोस्रो संस्करणको आयोजना गरिएको हो ।