जनकपुरधाम
भारतको अयोध्यामा आयोजना गरिएको तिलोत्सव कार्यक्रममा जनकपुरधाम जानकी मन्दिरका कुनैपनि प्रतिनिधिहरु सहभागि भएनन । विश्वहिन्दु परिषद नेपालको अग्रसरतामा आयोजना गरिएको सो कार्यक्रममा जनकपुरधामको कुनैपनि साधु सन्तहरुलाई आमन्त्रण गरिएको थिएन भने अयोध्यामा समेत जानकी मन्दिरका कुनैपनि प्रतिनिधिले आफनो सहभागिता देखाएनन । विश्वहिन्दु परिषदको बैठकमा जनकपुरबाट जाने पाहुरलाई फलदान तथा निमन्त्रण पत्र हस्तान्तरण कार्यक्रम नाम राख्ने निर्णय भएको थियो तर तिलकोत्सव नाम दिएपछि जानकी मन्दिरले आफनो आपति जनाउदै सहभागिता जनाएनन ।
भारतको गोपालगन्जमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले आफनो उपस्थिति देखाएपनि बैनर प्रति तत्कालै आपत्ति जनाएका थिए । कार्यक्रमको नेतृत्व गरिरहेको विश्वहिन्दु परिषदले अयोध्यामा सुधार गर्ने बताएका थिए । तर अयोध्यामा समेत सुधार नगरिएपछि कार्यक्रममा सहभागिताको लागि रोशन दास जादै गर्दा बैनरमा सुधार नभएको देखेपछि बिच बाटोबाटै फर्किएका थिए ।
जनकपुरधाममाहरेक वर्ष विवाह पंचमी महोत्सव भव्यताका साथ हुने गरेको छ । तर यस वर्ष जस्तो लथालिंग भने कहिले देखिएको थिएन । विवाह पंचमी महोत्सवमा मन्दिर पक्षसंग समन्वय नगरेर विभिन्न संघ संस्थाहरुले आ आफनो हिसावले विवाह पंचमी महोत्सव गर्न थालेपछि विवाह पंचमी महोत्सव यस पटक झनै लथालिंग बन्ने देखिएको छ ।
जानकी मन्दिरको सहभागिता भएन भारतको अयोध्याको तिलकोत्सवमा
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2024 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech