काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीको काठमाडौँमा बयान सुरु भएको छ ।
पोखरबाट काठमाडौँ ल्याइएका उनको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बयान सुरु भएको हो ।स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धानका लागि उनको बयान सुरु भएको हो ।उनलाई मङ्गलवार पोखराबाट काठमाडौं ल्याइएको थियो । उनी लामो समयदेखि प्रहरी हिरासतमा छन् ।जोशी गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक हुन् । उनले पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी लगायतका सहकारीका ठगी गरेको आरोप छ ।
उनले गोर्खा मिडियामा जीबी राई, रवि लामिछाने लगायतसंग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।
पोखराबाट काठमाडौं ल्याइएका छविलाल जोशीको बयान सुरु
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2024 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech