साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । बुधवार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक आजको कारोबारमा ३१।३१ अंकले गिरवाट आएको हो ।
बिहीवारको कारोबारमा नेप्से परिसूचक ३१।३१ अंकले घटेर २ हजार ६८०।४४ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५।५३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २।१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।८५ अंकले घटेको छ । नेप्से परिसूचक पछिल्लो समय निरन्तर रुपमा उदारचढाव भइरहेको छ ।
बिहीवार कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार ७ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको थियो । बुधवारको तुलनामा बिहीवार कारोबार रकममा भने वृद्धि भएको छ ।

नेप्से परिसूचका बिहीवार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक २।८६ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा,विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।
बिहीवार नेप्से परिसूचकमा गिरावट आएपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै माहुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ तर यता जानकी फाइनान्सको शेयरमूल्य भने य१० प्रतिशतले गिरावट आएको हो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स कम्पनीको २५ करोड २४ लाख रुपैयाँबराबरको शेयर खरिद विक्री भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर