काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका उनलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।प्रहरीले आज बिहान उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सीआईबीले प्रसाईंलाई हिजो बिहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिनेछ ।
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2024 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech