सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाई पक्राउ

काठमाडौँ,
सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ ।
साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले जनाएको छ । निजलाई उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो । प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । सीआईबी प्रमुख एआईजी दीपक थापाले प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको बताए । उनले भने, ुप्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । किर्तेमा पनि अनुसन्धान हुनसक्छ । किर्ते र संगठित अपराधमा पनि तानिन सक्छन् ।ु

प्रतिक्रिया
सम्बन्धित खवर