काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा आज उजुरीउम्मेदवारविरुद्ध दिन सकिने छ । यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्मको समय तोकेको छ ।
यस्तै मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम निर्वाचन आयोगले तोकेको छ ।
यसैगरि मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
आगामी मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । आइतबार विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ । जसमध्ये एक जना निर्विरोध चयन भएका छन् ।
आज उपनिर्वाचनका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2024 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech