विभिन्न स्थानीय तहका रिक्त पदका लागि मनोनयन दर्ता

काठमाडौं । देशका विभिन्न स्थानीय तहमा रिक्त पदहरुका लागि यही मंसीर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराइएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयरदेखि विभिन्न पालिकाका वडाध्यक्षहरुसम्मको उपचुनावका लागि निर्वाचन आयोगले आज उम्मेदवारी दर्ताको दिन तोकेको थियो । कीर्तिपुर नगरपालिका प्रमुख र वडा नम्बर २ र ४ को अध्यक्षका लागि विभिन्न दलहरुका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा एमालेबाट सुरेन्द्र मानन्धर, कांग्रेसबाट कृष्णमान डंगोल, माओवादीबाट शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।जसपा नेपालबाट मेयरमा तेस्रो लिङ्गी दीपक महर्जनले उम्मेदवारी दिँदा बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्तिबाट दिलकुमार महर्जनले उम्मेदवारी दिएका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीले श्रीकृष्ण महर्जनलाई मेयरको उम्मेदवार बनाएको छ भने नवरथ बानियाँ र दिनेश अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै कीर्तिपुरका सफाइ अभियन्ता राजमाग मानव र विनोद महर्जनले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।यस्तै काठमाडौंको वडा नम्बर १६ मा हुने उपचुनावका लागि पनि आजै मनोनयन दर्ता गराइएको छ । अन्य पालिकाहरुमा पनि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर