जनकपुरधाम
विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट तिलक र आमन्त्रण पत्रसहित अयोध्या जान लागेका विश्व हिन्दु परिषद्का सदस्यहरुलाई भारतीय सीमानामा भव्य स्वागत गरिएको छ । भगवान सीतारामको विवाहलाइ लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि प्रस्थान गरेका उनीहरुलाई भारतमा भव्य स्वागत गरिएको हो ।
तिलक लिएर जाने टोलीमा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहसमेत हुनुहुन्छ ।तिलक लिएर जाने समूह आज नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ ।
भारतीय सिमावर्ति क्षेत्रमा पाहुर लिएर पुगेकाहरुको स्वागत,मन्त्री सहित मुख्यमन्त्री पनि सहभागि
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2024 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech