रौतहटका तीन वडामा उपनिर्वाचन : यी हुन् कांग्रेसका उम्मेदवार

रौतहट
रौतहटका तीन वडामा उपनिर्वाचन हुने भएको छ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।
रौतहटको गढीमाई नगरपालिका ८, राजपुर नगरपालिका ६ र इशनाथ नगरपालिका ७ मा उपनिर्वाचन हुन लागेको छ।
उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार चयन गरिसकेको कांग्रेस मधेस प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए।
उनकाअनुसार गढीमाई नगरपालिका ८ अध्यक्षमा सुबोधकुमार यादव, राजपुर नगरपालिका ६ मा सम्से आलम र इशनाथ नगरपालिका ७ मा शेख अब्दुल खलिकले टिकट पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर