जनकपुरधा
त्रेता युगमा भएको भगवान राम सीताको विवाह महोत्सवको क्रममा जनकपुरधामबाट विश्व हिन्दु परिषद नेपालका अगुवाईमा तिलकात्सवको लागि पाहुर पठाइएको छ ।
विहान जानकी मन्दि परिषदमा आयोजना गरिएको एक कार्यक्रमको बिचमा श्रद्धालु भक्तजन र साधु सन्तहरुको सहभागितामा पाहुर पठाइएको छ । तिलक लिएर जाने समूह २ गते अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दू परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा चम्पत रायलाई हस्तातरण गरिने बताइएको छ । पाहुरमा दैनिक उपभोगको वस्तुको साथ साथै सुनचांदीको गरगहनाहरु समेत रहेको छ । जनकपुरधाममा सो यात्राको मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाई गरेका छन ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले मिथिला र अवध बिचको सम्बन्ध निकै पुरानो रहेको चर्चा गर्दै यस किसिमको यात्राले धार्मिक पर्यटन प्रवद्र्धनको विकासमा बल पुग्ने बताए । उनले विवाह पंचमी महोत्सवलाई भव्यता प्रदान गर्न प्रदेश सरकारले आफनो तर्फबाट रहेक प्रकारले सहयोग गर्ने समेत बताए । त्यसैगरि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले यो यत्राबाट जनकपुरधाम र अयोध्याय बिचको एतिहासिक सम्बन्धलाई झनै बलियो बनाउने बताए । कार्यक्रममा संयोजक सन्तोष साहले आफुहरुले २सय ५१ वटा पाहुरको व्यवस्था गरेपछि श्रद्धालुहरु आ आफनो तर्फबाट समेत ल्याएको कारणले गर्दा निकै बढेको बताए ।उनले करिब ५सयको संख्यामा श्रद्धालुहरु र पाहुर अयोध्या जाने बताए ।
सो पाहुर पठाउने कार्यक्रममा उल्लेख रुपमा भक्तजनहरुको सहभागिता रहनुको साथै उहाको निकै उत्साह देखिएको थियो । परिषदको अगुवाईमा रहेक पांच वर्षमा भारतको अयोध्याबाट जनकपुरधाम जन्ती आउने गरेको छ । यस वर्ष समेत आउने भएपछि जनकपुरधाममा यसको तयारी सुरु भएको छ ।
जनकपुरधामबाट पाहुर भारतको अयोध्या पठाइयो
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2024 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech