जनकपुरधाम
कार्तिक पुर्णिमाको अवसरमा , कमला आरती तथा गंगा कमला संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्तिक पुर्णिमको अवसरमा आयोजना गरिएको कार्यक्रममा मधेस प्रदेशका अर्थ मन्त्री सुनिलकुमार यादवले कमला संस्कृतिलाई आफुहरुले यहा आएर नजिकबाट बुझन पाएको बताए । उनले मधेस विधिता पुर्ण संस्कृतिको धरोहर रहेको बताउदै यसको संरक्षणमा सबैको सहयोगको आवश्यकता रहेको बताए ।
संंघीय संसद एवं पुर्व मन्त्री आनन्द प्रसाद ढुगानाले समेत कमला संस्कृतिको विषयमा आफनो धारणा राख्दै मधेसको यो एउटा जिवन्त ईतिहास रहेको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य संजयकुमार महतोले समेत कमला को जिवन्त संस्कृति रहेको बताउदै कमला यस भेगको जिवनदायनि नदि रहेको बताउदै यसको संरक्षणमा जोड दिएका थिए ।
कार्यक्रममा कमला बचाउ अभियानका संयोजक बिक्रम यादवले कमला मिथिला संस्कृतिको अभिन्न अंग रहेको बताए ।
कार्यक्रममा पुर्व उदयकुमार यादव,नेता श्याम यादव सहितका वक्ताहरुले आ आफनो धारणा राखेका थिए । कार्यक्रममा वक्ताहरुले
कमला बचाउ अभियान कमला संरक्षणको लागि गरिहेको कार्यको प्रसंसा गरेका थिए ।धार्मिक मान्यता अनुसार, अकालमा मृत्यु भएका मानिसहरूको आत्माले शान्ति नपाएमा उनीहरूले समस्यामा पारेको अनुभव हुने गर्छ । यस्तो आत्मालाई शान्ति दिनको लागि र आफ्नो जीवनमा शान्ति र सुख प्राप्त गर्न, मानिसहरू यस मेलामा उपस्थित हुने गर्छन् ।
यस्तै, मेला अवधिभर नदी किनारमा धूप, दीप र पक्वान्न राखेर पूजा गरिन्छ । मेलामा सहभागी पण्डितहरूले विशेष मन्त्र उच्चारण गर्दै पूजाविधि सञ्चालन गर्छन् । मृत आफन्तहरूको सम्झनामा दियो बाल्ने र नदीमा बगाउने परम्परा छ । यसलाई मृतकप्रतिको श्रद्धा व्यक्त गर्ने एक माध्यम पनि मानिन्छ ।
पूर्णिमाका दिन कमलामा आउजाउ गर्ने भक्तजनको घुइँचो लाग्ने हुँदा कमला क्षेत्र वरपरका स्थानीय तहले बिहीबार र शुक्रबार बिदा दिएका छन् भने स्थानीय तहबाटै विभिन्न स्थानमा स्वास्थ्य शिविरको पनि व्यवस्था गरिएको छ ।