जनकपुरधाम
प्रत्येक वर्ष कार्तिक पूर्णिमामा कमला नदीको तटमा लाग्ने पूर्णिमा (भूत) मेलामा सहभागी हुन यस वर्ष पनि भक्तजनहरूको घुइँचो लागेको छ।
हिजो राति देखि नै कमला नदि किनारमा स्नान गर्नको लागि श्रद्धालुहरु पुगेका थिए । विहानै देखि उनिहरु स्नान गर्दै पुजापाठ गरेका छन ।
कात्तिक पूर्णिमाका अवसरमा धनुषा र सिराहा जिल्ला जोड्ने कमला नदीमा प्रत्येक वर्ष लाग्ने भूत मेलामा सहभागी हुने भक्तजनहरूको घुइँचोले मेलाको आकर्षण बढाउँदै गएको हो ।
धार्मिक आस्थासँग जोडिएको उक्त मेलामा नेपालको धनुषा, महोत्तरी, सिराहा विभिन्न स्थान तथा भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालुभक्तजन सहभागी हुन पूर्णिमाको अघिल्लो दिन नै आउने गर्दछन् । विशेष गरी कार्तिक पूर्णिमाका दिन स्नान, पूजा–पाठ र दान गर्ने परम्परालाई धार्मिक र सांस्कृतिक महत्वको रूपमा लिइने हुँदा मेला स्थलमा सहभागी हुन महिला, पुरुष र बालबालिका मेलामा आएका छन् ।
पूर्णिमाको अवसरमा लाग्ने उक्त मेलामा नयाँ सिकारु धामी झाँक्रीहरु आ–आफ्ना गुरुबाट दीक्षा लिई कमला नदीमा स्नान गरी कमलेश्वरी माताको पूजा आराधना गरी देउता अर्थात् भूत (धामी) खेल्ने धार्मिक परम्परा छ । सो दिन कमला नदीमा लाग्ने मेलामा हजारौँको सङ्ख्यामा धामी झाँक्रीहरुसमेतको उपस्थिति हुने गर्छ । भूत मेलालाई स्थानीय परम्परा र धार्मिक आस्थासँग जोडिएको एक अद्वितीय सांस्कृतिक पर्व मानिन्छ ।
कमला नदीमा भक्तजनको घुइँचो
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2024 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech