उपेक्षीत छन विद्यापतिको प्रवास भुमि राज बनौली

जनकपुरधाम
आज मैथिली भाषाका कविकोलिलले परिचित विद्यापतिको स्मृति दिवस विविध कार्यक्रम गरि सम्पुर्ण मिथिला क्षेत्रमा मनाइदैछ । विद्यापतिले रचना गरेको गितहरु मिथिलाको रहेक शुभ कार्यहरुमा गाउने गरिएको छ । उहाको गितहरु यति लोकप्रिय छन कि मिथिलाको रहेक शुभकार्यहरु उहाको गितबाट हुने गरेको छ । विद्यापति भारतको मिथिला क्षेत्रमा जन्मीएपनि उहाले करिब १२ वर्ष नेपालमा आफनो प्रवास कार्य विताएका थिए । विद्यापतिको रचनाको अनेकौ पाण्डुलिपिहरु नेपालको पुस्तकालयमा सुरक्षीत छन तर विद्यापतिले आश्रय लिएर बसेका महोत्तरीको पिपरा गाउपालिकाको राज बनौली भन्ने स्थान भने अहिलेपनि उपेक्षीत अवस्थामा छन । प्रदेश सरकारले सौन्दर्यीकरण र विकासको लागि करिब १२ करोडको योजना त्यहा संचालनमा ल्याएपनि त्यो पनि अलपत्र अवस्थामै छन ।
इतिहासकारका अनुसार हालको बनौलीगाउँ १५ औं शताब्दीमा राजबनौलीको रुपमा रहेको थियो ।जहा उनले करिब १२ वर्ष विताएका थिए सो ठाउमा विद्यापतिले कपितय महत्वपुर्ण रचनाहरु समेत रहेका ईतिहासकारहरुको कथन रहेको छ । त्यो समयमा तत्कालिन मिथिलामा दिल्लीका शासक र मिथिलाको शासक बिचमा पटक पटक युद्ध हुने गरेको थियो । सो बेला मिथिलामय गजरथपुर राज्यका राजाशिव सिंहमाथि शत्रुहरुले आक्रमण गर्दा राज पण्डित एवं कवि विद्यापति ठाकुरलाई रानी लखिमाको सुरक्षाको जिम्मेवारी दिइएको थियो । उनी रानीलाई लिएर बनौली गाउँमा आश्रय लिएका थिए । जहा उनको मित्र राजा द्रोणवार वंशका शासक राजा पुदायित्यको शासन थियो । राजदरबारका पण्डित कवि विद्यापति राजाका आज्ञानुकुल कर्तव्यनिष्ठ भएर रानीको सुरक्षामा लागेका कविले सो बेला श्रीमद्भागवत वाचन गरेर रानीलाई सुनाउथे ।उनले सो स्थानमा श्रीमदभागवतलाई संस्कृतिबाट मैथिलीमा समेत उल्था समेत गर्थे । रानीलाई आफनो पति वियोगको पिडालाई भुलाउनका निमित्त विभिन्न गितहरु लेखेर सुनाउने गर्थे ।
मटिहानीका संस्कृत क्याम्पसका प्राध्यपक डा. अवधेस चौधरीले बनौलीमा विद्यापतिले एक प्रकारले भन्ने हो आश्रय लिएका थिए । उनले त्यहा धेरै विरहका रचनाहरु गरे जो मिथिलामा अहिलेपनि लोकप्रिय छन । उनले भने धेरै कृतिहरु जे विद्यापतिको धेरै लोकप्रिय भए ती सबै रचनाहरु बनौलीमा नै गरेका थिए ,जिवनको काल खण्डमा १२ वर्ष कम हुदैन त्यसैले उनले त्यो समय विताए मिथिलालाई धेरै सम्पदाहरु दिए ।
बनौलीबाटै विद्यापतिले लिखनावली र दुर्गा भक्ति तरंगिनी पुस्तकको रचना गरेका थिए । सोही लिखनावलीको आधारमा मल्लकालमा प्रशासनिक कार्य संचालित हुन्थ्यो । मैथिली भाषाको विकासमा महत्वपूर्ण योगदान दिएका विद्यापतिको रचना संस्कृत, प्राकृत, मैथिली र अबहठ्ठमा प्रकाशित छन । मैथिलीमा मात्रै उनले शक्ति आराधना, नचारी, कृष्णलीला, प्रणय लगायतका विषयमा हजारभन्दा बढी गीत रचना गरेका छन् भने अबहठ्ठमा दुईवटा खण्डकाव्य र्कीर्तीलता र र्कीर्तीपताका तथा संस्कृतप्राकृत मैथिलीमा गोरक्षविजय र संस्कृत प्राकृतमा मणिमञ्जरी नाटकहरू उपलब्ध छन् ।तर विद्यापतिको प्रवास बसेका स्थलहरुको विषयमा नै विवाद देखिएको छ ।कतिपयले सप्तरीमा रहेको बनौलीलाई तर्क गर्छ भने कतिपयले सिरहामा रहेको बनौलीलाई विद्यापतिको प्रवास भुमि मान्छन ।तर जनकपुरका सािहत्यकार डा. राजेन्द्र विमल भने जनकपुरको छेउ अर्थात महोत्तरीको बनौली नै रहेको छ । उनले भने जुन गाउमा पल्ली शब्दको प्रयोग हुन्छ त्यसको अर्थ नै गाउ हो त्यसकारणले त्यहा दोनौली छन जो पुरादित्यको दरवार होला र बनौलीमा विद्यापतिको बसेका छन । मिथिलाको त्यो समयको भुगोलको अध्ययन गर्ने हो भने महोत्तरीको अर्थात जनकपुरको छेउमा रहेको बनौलीलाई नै मान्ने प्रयाप्त आधार पाइन्छ ।
मैथिली भाषा साहित्यका विव्दान विद्यापतिले विताएको त्यो भुमि राज बनौली अहिले उपेक्षाको सिकार भएका छन । उनले विताएको त्यो स्थल गढि अतिक्रमणको चपेटामा पर्दै निजिकरण भएका छन भने तत्कालिन रानीको नाउमा रहेको लखिमा सर पोखरी समेत अहिले अतिक्रमणको सिकार भएका छन । यस एतिहासिक स्थलको संरक्षण र सम्वद्र्धनको लागि मधेस प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले १२ करोड रुपैया विनियोजन गरेका थिए । विद्यापतिले १२ वर्षसम्म प्रवास गरेको स्थान (डिह) मा संग्राहलय निर्माण गरिने र त्यसमा कवि कोकिलहद्वारा रचित रचना र कृतिलाई संरक्षित गरिने ,यसका साथै डिहसँगै रहेको पोखरीमा चारैतिर घाट बनाएर त्यसलाई संस्कृति प्रवद्र्धनका लागि छठ घाटको रुपमा प्रयोग गर्ने, विद्यापतिको स्मारिका निर्माण, बालवाटिका निर्माण र सुविधा सम्पन्न सभाकक्ष र शौचालयको निर्माण कार्य गरिने योजना रहेको थियो । तर ठेकेकदार कम्पनीले केही कामलाई अगाडि बढाएर अलपत्र छाडेपछि स्थानियहरु निरास भएका छन । अहिले पोखरी जिर्ण बनेका छन भने सरकारले बनाएको आधै संरचनाहरु अलपत्र अवस्थामा छन । स्थानिय दिपेन्द्र ठाकुरले भने हामीले यस स्थलको विकासको लागि विभिन्न निकायहरुमा जाने गरिएपछि सरकार यसको विकास र संरक्षणको लागि गम्भीर नदेखिएको बताए । उनले भने प्रदेश सरकारले बजेट विनियोजन गरेर काम अगाडि बढाएपछि हामी गाउवासीहरु हर्षित भएका थियौ तर काम नै अलपत्र छन ।विकासको लागि विभिन्न निकायहरुमा हारगुहार गर्छौ तर खै किन हो सरकार पनि यस ठाउको विकास गर्ने तर्फ गम्भीर बनेको देखिदैनन ।
बनौलीमा रहेको यस स्थानमा समय समयमा माटो खन्दा विभिन्न पुरातात्विक समानहरु पाउने गरिएको छ । त्यो पनि अलपत्र अवस्थामा नै छन। अर्को तर्फ यस्तो एतिहासिक स्थलको उत्खनन तर्फ समेत पुराततव विभागको ध्यान पुगेको देखिदैनन । जसले गर्दा यस एतिहासिक स्थल समेत ओझलमा परेका छन । जसको संरक्षण र सम्वद्र्धनको आवश्यकता रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर