जनकपुरधाम
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले मैथिली भाषाका महाकवि विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आजको आवश्यकता रहेको बताएका छन ।
विद्यापति स्मृति पर्वको अवसरमा विद्यापति ट्रष्टले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले विद्यापति बहुआयामिक प्रतिभाका धनी रहेकाले उहाँको व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आवश्यक रहेको बताए।
निधीले विद्यापति एक भुमिकामा बाँधिने कवि नभइ पथप्रदर्शक भएको बताए। उनलई कविको रुपमा मात्रै देखिनु बेइमानी हुुने बताउँदै निधीले उनि क्रान्तिकारी समेत रहेको बताए। विद्यापति राजनीतिक क्रान्ति, सामाजिक क्रान्ति तथा राज्य शासन संचालन पद्धतिको प्रणेता रहेको निधीको भनाई थियो ।
विद्यापति स्मृति पर्वको अवसरमा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, उपप्रमुख किशोरी साह लगायतको उपस्थिति रहेको थियो । पर्वको अवसरमा विद्यापतिमाथी केन्द्रित रहेर कविहरुले आ–आफ्नो कविता समेत वाचन गरेका थिए ।
विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नुपर्छ : विमलेन्द्र निधी
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2024 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech