जनकपुरधाम
मैथिली भाषाका महाकवि वा ‘सर्वोपरि कवि’ विद्यापति दिवसको अवसरमा सप्तरीमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
मुरली चौकमा रहेको विद्यापति ट्रष्टको आयोजनामा ११ बजे विविध कार्यक्रम गरि मनाइने छ । नेपाली काग्रेसका नेता एवं पुर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिने छ । विद्यापतिको लेखन, विषय र भाषाक्षेत्र व्यापक र विशाल थियो। उनका रचना संस्कृत, प्राकृत, मैथिली र अबहठ्ठमा प्राप्त भएका छन्। मैथिलीमा मात्रै उनले शक्ति आराधना, नचारी, कृष्णलीला, प्रणय लगायतका विषयमा हजारभन्दा बढी गीत रचना गरेका छन् भने अबहठ्ठमा दुर्इवटा खण्डकाव्य कर्ीर्त्तिलता र कर्ीर्त्तिपताका तथा संस्कृत(प्राकृत(मैथिलीमा गोरक्षविजय र संस्कृत(प्राकृतमा मणिमञ्जरी नाटकहरू उपलब्ध छन्। संस्कृतमा उनले शास्त्रीय र व्यवहारोपयोगी धेरै ग्रन्थ लेखेका थिए। तीमध्ये शिक्षाप्रद रोचक कथा सङ्कलन पुरुषपरीक्षा तथा अभिलेखाङ्कन नमुनाका साथै शासनोपयोगी पत्राचारको लिखनावली विख्यात छ। विद्यापतिको यात्रा साहित्य भूपरिक्रमण, धर्मशास्त्र र कर्मकाण्डका पारम्परिक ग्रन्थहरू विभागसार, शैवर्सवस्वसार, दुर्गाभक्ति तरङ्गनि, दानवाक्यावली, गङ्गावाक्यावली, गयापत्तलक, वर्षृत्य, व्याड। भक्तितरङ्गनि आदि अमर कृति छन्।
विभिन्न कार्यक्रमसहित महाकवि विद्यापति स्मृति दिवस मनाइँदै
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2024 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech