जनकपुरधाम
निजि विद्यालयका संगठनहरुले विद्यालय ठप्प पार्ने चेतावनी दिएको छ । उनिहरुले जनकपुरधाम उपमहानगरपालिकाले पुरानौ निर्णय अनुसार शुल्क नतोके जिसव विद्यालयहरु अनिश्चितकालिन बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएको छ ।
निजि विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन तथा हिसानले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै पुरानै निर्णय अनुसार उपमहानगरले शुल्क निर्धारण नगरे निजि विद्यालयहरुमा पठनपाठन अनिश्चिकालकालागि ठप्प पार्ने चेतावनी दिएको हो ।
कक्षा ११ र १२का विद्यार्थीहरु छात्रवृति सम्बन्धमा शैक्षिक सत्र २०८१÷०८२मा उपमहानगरसंग छलफल गरेरै २०७४को ऐन अनुसार नामाङ्कन शुल्क, मासिक शुल्क र आन्तरिक परीक्षा शुल्कबाहेक अन्य शुल्कहरु लिन सकिने र पछि अनुगमन गर्ने सहमति नै भए अनुसार मिति २०८१÷०५÷१३ गते उपमहानगरपालिकाले नामावली सहित पत्राचार गरेको र सोही अनुसार गर्दै आए पनि नेपाल विद्यार्थी संघ धनुषाको दवाबमा पुनः मिति २०८१÷०७÷१४ गते फरक किसिमको निर्णय गर्नु आपत्तिजनक विषय रहेको विज्ञप्तिमा भनिएको छ ।
छात्रवृत्ति वितरण कार्यविधि २०७४’ बमोजिम छात्रवृत्ति दिने निर्णयलाई खारेज गरी रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क मात्रै लिन पाउने भनी एउटै स्थानीय तहले फरकफरक निर्णय गर्नु लज्जास्पद रहेको निजि विद्यालयका संगठनहरुको भनाई छ । हाललाई पुरानै निर्णय अनुसार शुल्क निर्धारण गर्न विज्ञप्ति मार्फत माग समेत गरिएको छ ।
प्रेस विज्ञप्ती जस्ताको त्यस्तै
उपर्युक्त सम्बन्धमा यस जनकपुरधाम उपमहानगरपालिकाअन्तरगत रहेका संस्थागत विद्यालयहरुमा छात्रवृतिमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुको संदर्भमा विभिन्न सामाजिक संजान माध्यमबाट सुनेको कुरा अवगत नै छ। सो विषयमा शै.सत्र ०८१/०८२ को प्रारम्भमा न.पा. संग छलफल गरेर नै ऐन २०७४ अनुसार नामाङ्कन शुल्क, मासिक शुन्कर आनारिक परीक्षा शुल्कबाहेक अन्य शुल्कहरु मिन सकिने र परि अनुगमन गर्ने सहमति नै भए बनुसार मिति २०८१/०५/१३ गते उपमहानगरपालिकाले नामावली सहित पत्राचार गरेको र सोही अनुसार गर्दै आए पनि ने.वि. संघ धनुषा कार्य समितिको दवावमा पूनः मिति २०८१/०७/१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो विषयपति संस्थागत विद्यालयहरुको कडा आपति रहेको कुरा जानकारी गरान्तिवितरण कार्यविधि २०७४ बमोजिम वृति दिने निर्णयलाई खारेज गरी रजिष्ट्रेशन हुन्क र परीक्षा शुल्क मारे लिन पाउने भनी एउटै स्थानीय निकायले फरकफरक निर्णय गर्नु बाफैमा मज्जास्पद रहेको कुरा संस्थागत विधानय सञ्चालकहरुको निष्कर्ष रहेको हान निर्धारण भएको शुन्कमा पढाउन नसकिने हुँदा गै. सत्र २०८१/२०८२ मा अध्ययनरत विद्यार्थीहरुसँग पुरानी निर्णय । २०८१/०५/१३ को निर्णयअनुसार गुरव भएको निर्णयको कार्यान्वयन भी. सत्र २०८२/२०८३ देखि अन्य स्थानीय निकायको अध्ययन गरी तत्पश्चात् मात्रै जनकपुरधाम उपमहानगरपालिकाभित्रका संस्थागत विद्यालयहरुमा पनि लागू गर्न सकिने हुँदा हाललाई पुरानै निर्णय अनुसार शुल्क निर्धारण गरिदिनु हुन अनुरोध गर्दछौं। अन्यमा, यस उपमहानगरपालिकाभित्र सम्पूर्ण संस्थागत शैक्षिक संस्थाहरु अनिश्चित कानका लागि बन्द गरिने कुरा पनि यसै ज्ञापन पत्रमार्फत जानकारी गराउँदछौं।