निकिता मिश्र भई महिनाको उत्कृष्ट प्रहरी

जनकपुरधाम
जिल्ला प्रहरी कार्यालय धनुषाले रहेक महिनाको उत्कृष्ठ प्रहरी असोज महिनाको निकिता मिश्रलाई घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा दरबन्दी भई यस कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा शाखा प्रमुख को रुपमा कार्यरत मिश्राले घरेलु हिंसा र लैंगिंक हिंसा सम्बन्धी परेको उजुरी स्थानिय जनप्रतिनिधी, गाँउ समाज तथा पक्ष विपक्षको राय सुझाव अनुसार ३६ वटा उजुरी सफलता पूर्वक अनुसन्धान गरी फर्छौट गरेको छ । त्यसैगरि, सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न संघसस्थाहरु संग समन्वय गरी प्रभात फेरी गरी सचेतना मुलक कार्यक्रम, वृहत जनकपुर नगरी सरसफाई कार्यक्रम, जेष्ठ नागरिक दिवस, मानववेचबिखन बिरुद्दको कार्यक्रम तथा अन्य विविध कार्यक्रमहरु गरी सचेतना अभिबृद्धिमा अहम भुमिका निर्वाह गरेको प्रहरी कार्यालय धनुषाले जनाएको छ । कार्यालयका का. प्रमुख प्र.उ. भुवनेश्वर तिवारी द्धारा प्रशंसा पत्र सहित सम्मान गरिएकोछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ