जनकपुरधाम
मिथिलाको प्राचीन राजधानी जनकपुरधाम सहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । छठका व्रतालुहरुले जनकपुरको विभिन्न धार्मिक सरोवरहरुमा अस्ताउदो सुर्यलाई अर्घ दिएका छन । छठ घाटमा आधारणा गर्दै श्रद्धालुहरु अस्ताउन लागेको सुर्यलाई अर्घ दिएका छन । जनकपुरको एतिहासिक सरोवरहरुलाई बेहुली झै सजाइएको छ भने घठ घाटमा बज्ने गरेको गितले छठको महौला नै संगीतमय बनाएको छ ।
श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँनगर बस्ती अहिले दुलही झैं सिँगारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाटहरु मनमोहक छन् । विषेश गरेर परिवारिक सुख शान्तिको कामना गर्दै छठ पर्व मनाउने गरिएको छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य उल्लेख छ ।
छठको समाजिक सदभावको साथ साथैको समेत सन्देश प्रवाह गरेको छ । संसारमा सूर्य पूजाको परम्परालाई हेर्ने हो भने सबै सभ्यता, धर्म, समुदाय र युगमा सूर्यको पूजा भएको पाइन्छ । बेबोलोनका निवासीले सूर्यलाई पूजा गर्थे भने युनानी परम्परामा आज पनि सूर्यलाई अपोलोका रूपमा पूजाआजा गर्ने गरिन्छ ।