टेन्सनमा सिके राउत

जनकपुरधाम
सरकारमा सहभागि रहेका मुख्य दल नेपाली काग्रेसले असहमति जनाएपछि सरकारले ल्याउन लागेको दल विभाजन सम्बन्धी अध्यादेश रोकिए पनि पार्टी फुटने त्रास रोकिएको छैन । विशेष गरेर साना दलहरु अहिले पनि विभाजन सम्बन्धी अध्यादेश नआउनेमा भने ढुक्क छैन । उनिहरु दल विभाजन अध्योदश ल्याएर सानो पार्टीलाई विभाजित गरेर कमजोर बनाउने भन्ने त्रास पुर्ण अवस्था देखिएको छ । पछिल्लो निर्वाचनमा मधेसको निर्णयक शक्तिको रुपमा उदाएको जनमत पार्टी समेत कहिले आफनो पार्टी विभाजनमा पर्ने हैन भन्ने आशंकाले त्रसित भएका छन । सो पार्टीका अध्यक्ष डा. सिके राउत आफनो पार्टी विभाजन हुनेमा संसंकित बनेका छन । उनले आफनो समाजिक संजालमा लेखेका छन –
तपाईंलाई पनि फोन आयो वा भेट्न आयो ? सबै साना पार्टीहरूलाई फोडेर कमजोर बनाउने षड्यन्त्र । शिकारी आएगा, जाल बिछायेगा, दाना डालेगा, पर तुम फँसना मत ।
पछिल्लो समय ठूला दलहरूले साना पार्टीहरू फोड्न अध्यादेश ल्याउनै लागेको थियो, अचानक अन्तिम समयमा रोकियो । तर ठूलो रकम दिएर, चलखेल गरेर, लोभ–लालच दिएर पार्टी फोड्ने षड्यन्त्र जारी नै छ । हाम्रो पार्टीमा पनि केही मानिसलाई ठूलो रकमको लोभ र पछि समानुपातिक सीटको लालसा दिएर पार्टी फुटाउन हाम्रै पार्टीकै सिनियर नेताहरूलाई खटाएको भनेर जानकारी आएको छ । तपाईंलाई पनि फोन आउन सक्छ, ठूल–ठूला पद र पैसाको अफर आउन सक्छ, होशियार भएर बस्नुहोला ।
त्यस्तो नेताहरू जसको आफ्नै २०–२५ वटा भोट छैन, आन्दोलन हुँदा कतै देखिएन, पार्टी सत्तामा गए पछि बल्ल देखा परे र एकाएक पैसा कमाएर धनी बन्ने सपना देख्न थाले, र डा. सी. के. राउतले त्यसमाथि रोक लगाइ दिए पछि डा. साहबलाई नै तगारो र दुश्मन ठान्न थाले, त्यस्ता नेताहरूलाई खटाएका छन् । उनीहरूले जातिवादी नारा पनि उचालेर होस् कि लोभलालच दिएर, कन्विन्स गर्ने प्रयास गर्दैछन् । सचेत रहनुहोला ।
जय जनमत, जय स्वराज ।

प्रतिक्रिया
सम्बन्धित खवर