प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनु भएको छ । उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओलीलाई ज्वरो आएकाले भेटघाट कार्यक्रम स्थगित गरिएको र उनको स्वास्थ्य परीक्षणको काम भइरहेको जनाइएको छ ।
प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहनु भएको बताइएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा प्रतिकूलता देखिएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।
उहाँलाई ज्वरो आएको छ उनले भने उहाँको रगत परीक्षणका लागि पठाइएको छ ।प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् । अस्वस्थताका कारण उनले आज अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर