जनकपुरधाम, कार्तिक १९ । नेपाली कांग्रेसका जनप्रतिनिधिका कारण नगराईन नगरपालिकामा नगरसभा हुन नसकेको एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । सोमबार उपमेयर पक्षले पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली कांग्रेसबाट निर्वाचित मेयर र वडाध्यक्षहरुको कारण नगरसभा हुन नसकेको आरोप लगाएका छन् ।
उप प्रमुख राधा देवि यादवले नगर प्रमुख र नेपाली काग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यहरुको कारणले गर्दा नगरपालिका अस्तव्यस्त बनेको आरोप लगाइन । उनले आफु जहिले पनि नगरपरिषद नगर तयार रहेपनि यसको लागि आफुहरुले राखेको मांगहरुको विषयमा नगर प्रमुख विनय यादवले चासो नदेखाएको र नेकपा एमालेलाई हेपेर अगाडि जान खोजेपछि आफुहरुले आफनो अधिकारको कुरा राख्दा आफुहरुको मांग सुनवाई नगरेको आरोप लगाइन । यादवले नगरप्रमुखले नै परिषद नहोस र परिषद हुन वातावरण निर्माण नगरेको र यसको दोष आफुमाथि लगाउने गरेको आरोप लगाइन । उनले भनिन नगर प्रमुख नै चाहदैनन कि नगरपरिषद नहोस नभएर जनप्रतिनिधिहरुको मांग र समस्याहरुलाई सम्बोधन गर्नमा कस्तो समस्या ।
वडा नं. ८ का वडाध्यक्ष सञ्जय कुमार राउतले नेपाली कांग्रेसबाट निर्वाचित मेयरसहित वडाध्यक्षहरु तानासाही प्रवृतिको रहेको भन्दै तानाशाही नछाडेसम्म नगराइनमा केही नहुने बताए । उनले भने, ‘हामी भन्छौँ मेयरसाहेबलाई आफ्नो गल्ती स्वीकार गर्नुस् । प्रमुख तपाई हुनुहुन्छ, नगराइन नगरपालिका बन्द छ यसको जिम्मा तपाईले लिनुपर्छ ।’
राउतले २०७९ को चुनाव पश्चात कानूनकै विषयलाई लिएर नगरपालिका ९ महिना बन्द भएको र अहिलेपनि सोही कारणले बन्द भएको बताए । उनले ९ महिनाको बन्दपछि सर्वदलिय बैठकबाट कार्यविधि संशोधन गर्ने सम्झौता भएको तर अहिलेसम्म त्यो कार्यान्वयन नभएको बताए । उनले भने, ‘सर्वदलिय बैठक पश्चात केही बुँदामा सहमति भएको र सोही सहमति अनुसार नगरपालिका खुलेकोमा त्यो शर्त लागुहुनुपर्छ’, उनले अगाडि भने, ‘मेयरसाहेब भन्नुहुन्छ दुई वर्ष कसरी चल्यो ? यो दुई वर्ष एमालेले इमान्दार भएर सहयोग गरेर चलाई दिएको बुझ्नुपर्छ । तपाईहरुले एमालेलाई ठग्नुभएको छ अब एमाले ठगाउनेबाला छैन् ।’
वडाध्यक्ष राउतले मेयरले आफ्नो बजेट आफै चलाउने र उपमेयरले आफ्नो बजेट आफै चलाउने सहमति भएकोमा त्यसको लागि कार्यविधि संशोधन नभएको उनले बताए ।
उनले स्थानीय तहमा भएको कमीकमजोरीलाई सुधार गरी लगे नगरपालिका चलाए खुशीका साथ नगरपालिका चल्न दिने बताए ।