काठमाडौँ,
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव, अपनत्व र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।
नेपालको मौलिक नेपाल संवत् ११४५ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिनुहुँदै उनले परस्पर सहयोग, मेलमिलाप, सद्भाव र एकतालाई अक्षुण्ण राख्दै नेपाली सांस्कृतिक परम्परा, मूल्यमान्यता, रीतिरिवाज र रहनसहनको संरक्षण र सम्वद्र्धनमा प्रोत्साहित गर्न सहयोग पुग्ने बताए ।
नेपाली सांस्कृतिक धरोहरको एउटा जीवन्त प्रतीकका रुपमा रहेको नेपाल संवतको स्थापना नेपालीको आर्थिक सुधार गर्ने उद्देश्यले गरिएको उल्लेख गर्नुहुँदै उपराष्ट्रपति यादवले नेपालको राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको प्रतीक यस संवत्लाई मुलुकभर धुमधामका साथ मनाउनुपर्ने बताए ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्दमास गणना गरी तय गर्ने प्रचलन रहेको र कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने यो संवत्को पहिलो दिन काठमाडौं उपत्यकामा नयाँ बहीखाताको सुरुआत गर्ने परम्परा रहिआएको छ ।
”शङ्खधरले काठमाडौं उपत्यकाका किसान तथा गरीब जनतालाई ऋण एवम् दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नु भएकामा उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँलाई ह्रदयदेखि नै स्मरण गर्न चाहन्छु”, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भनेका छन, “नेपाल र नेपाली समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन उहाँले गर्नुभएको अतुलनीय योगदानको प्रशंसा पनि गर्दछु ।”
उनले नेपाल संवत् नेपालको पारम्परिक र मौलिक क्यालेण्डर प्रणाली रहेको र यो संवत् नेपाली संस्कृति र इतिहासको महत्वपूर्ण हिस्सा हो भने । साथै संवत्को शुभारम्भका अवसरमा आयोजित उत्सवमा विभिन्न सांस्कृतिक नृत्य, गीत÷संगीत र परम्परागत झांकीहरुको प्रदर्शनले नेपालको इतिहास र परम्पराको संरक्षणमा महत्वपूर्ण टेवा पुगेको उपराष्ट्रपति यादवले उल्लेख गरे ।
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2024 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech