धनतेरसमा नयाँ भाँडाकुँडा किनमेलमा चहलपहल (तस्वीरहरू)

जनकपुरधाम
धनतेरसको अवसरमा जनकपुर बजारमा आज विहानै देखि सर्वसाधारणहरु धातुको समान खरिद गर्न व्यस्त देखिएका थिए । त्यसैगरि सुनचांदीको पसलहरुमा समेत किनमेलका लागि सर्वसधारणहरुको घुइचो देखिएको थियो । सुस्त देखिएको जनकपुरको बजारमा भने धनतेरसलाई लिएर किनमेल गर्नेहरुको भिड देखिएको थियो ।
यो दिन हिन्दु धर्मावलम्बीहरूले आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने गर्दछन् ।केही ठाउमा भोली धनवन्तरी जयन्ती मनाउने छन ।
धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन रहिआएको छ । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम अनि शुभ मानिन्छ ।
आज परेको यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वास समेत रहेको छ ।
धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर घर भित्र्याउनु निकै फलदायी हुनेछ ।

तस्वीरहरू :- 

प्रतिक्रिया
सम्बन्धित खवर